१. प्रशासन तथा अभिलेख इकाई

  • कर्मचारीको नियुक्ती, पदस्थापन, सरुवा, बढुवा तथा अवकाश सम्बन्धी कार्यहरु गर्ने।
  • प्रयोगशाला अन्तर्गतको मानव संसाधन विकास सम्बन्धी कार्यहरु गर्ने।
  • आन्तरिक तथा बाह्य तालिममा मनोनयन सम्बन्धी आवश्यक कार्यहरु गर्ने।
  • हाजिरी तथा विदा सम्बन्धी कार्य गर्ने।
  • कर्मचारीहरुको व्यक्तिगत बिवरण अद्यावधिक राख्ने।
  • दर्ता, चलानी सम्बन्धी कार्य गर्ने।
  • प्रयोगशालाको भवनको सुरक्षा, सरसफाइ, बत्ती, पानी तथा टेलिफोनको प्रबन्ध लगायत आन्तरिक प्रशासन सम्बन्धी अन्य कार्य गर्ने।
  • प्रयोगशालामा रहेका सरसामानहरुको रेखदेख तथा मर्मत सम्भार व्यवस्था मिलाउने।
  • पुस्तकालय सम्बन्धी कार्य गर्ने।
  • जिन्सी व्यवस्थापन गर्ने।
  • प्रयोगशालाको कामका सिलसिलामा आइपर्ने अन्य कार्यहरु गर्ने।

२. आर्थिक प्रशासन

  • औषधि विश्लेषण गरे बापत प्राप्त हुने राजश्व रकम बुझी बैंक दाखिला गर्ने।
  • दैनिक कार्य संचालन स्तरको लेखा सम्बन्धी सम्पूर्ण कार्य गर्ने।
  • म.ले.प.को विभागबाट औल्याइएका बेरुजुहरुको लगत राखी बेरुजु फछयौटका लागि आवश्यक कागजातहरु संकलन गरी बेरुजु सम्बन्धी सम्पूर्ण कार्य गर्ने।
  • वित्तीय बिवरणहरु तयार गरी सम्बन्धित निकायमा पेश गर्ने।
  • आर्थिक प्रशासनसंग सम्बन्धित सबै बिषयहरुमा कार्य गर्ने।

३. परिक्षण तथा विश्लेषण, माइक्रोबायोलोजिकल तथा बायोलोजीकल शाखा

  • प्राप्त नमूना तथा कागजातको प्रारिम्भक निरीक्षण गरी परिक्षणको लागि स्वीकार गर्न निर्देशन वा नगर्ने जानकारी दिने।
  • स्वीकृत नमूनाको अभिलेख राखी विश्लेषनार्थ बितरण गर्ने।
  • नमुना सुरक्षित राख्ने
  • नमूनाको विश्लेषण गर्ने।
  • विश्लेषण प्रतिवेदन तयार गर्ने।
  • विश्लेषण प्रतिवेदन बउउचयखब िका लागि निर्देशककहाँ पठाउर्नेे ।

४. गणस्तर तथा विधि पुस्तिकरण शाखा

  • निर्देशकको निर्देशन तथा निकतम सुपरिवेक्षण तथा नियन्त्रणमा रही विधि पुस्तिकरण सम्बिन्ध कायर्को योजना कायार्न्वयन तथा मल्यांकन गर्ने
  • विधि पुस्तिकरण सम्बन्धि बभागबाट प्राप्त आभिलेख अध्ध्यन गर्ने गराउने तथा नमुना परिक्षण गराई उपयक्त विधि सिफारीश गर्ने
  • विधि पुस्तिकरण संग सम्बिन्धत आएका नमुनाको परिक्षणका लागि आवश्यक व्यवस्था गर्ने
  • अधिनस्त कार्यको कार्यक्रमको कार्यप्रगति प्रतिबेदन तयार गरि सुपररिवेक्षकमा पेश गर्ने
  • अधिनस्त कर्मचारीहरको काममा मार्ग दर्शकबनी कर्मचारीहरुलाई र आवशयकतानुसार निर्देशन र नियन्त्रण समेत गर्ने ।
  • औषधि ऐन २०३५ र यस अन्तर्गत वनेका नियमावलीहरुले निर्दिस्ट गरिएका कामहरु गर्ने गराउने ।
  • यस पदलाई निर्दिस्ट गरिएका अन्य कामहरु गर्ने ।

५. गणस्तर नियन्त्रण तथा व्यवस्थापन शाखा

  • निर्देशकको निर्देशन तथा निकटम सुपरिवेक्षण तथा नियन्त्रणमा रही प्रयोगशाला अन्तर्गत संचालित सम्पूर्ण योजना तथा विस्तृत कार्यक्रमको अनुगमन गर्ने तथा कार्यक्रमहरुको मुल्याकन गरी गराई समयमै योजना सम्पन्न गराउने ।
  • अन्तगर्तका इकाईका कायर्हरुको सुपरिवेक्षण, निरीक्षण गरी आवश्यक निर्देशन दिने ।
  • आवश्यकता अनुसार आयोजनाहरुको काममा समन्वय राखि प्रगति सम्पन्न गराउने ।
  • अधिनस्त कार्यहरुको बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गरि स्विकृतिको लागि सुपरिवेक्षकमा पेश गर्ने ।
  • अधिनस्त कार्यको कार्यक्रमको कार्यप्रगति प्रतिबेदन तयार गरि सुपररिवेक्षकमा पेश गर्ने ।
  • अधिनस्त कर्मचारीहरको काममा मार्ग दर्शकबनी कर्मचारीहरुलाई सुपरिवेक्षणमा र आवशयकतानुसार निर्देशन र नियन्त्रण समेत गर्ने
  • प्रयायोजित अधिकार बमोजिम सार्बजनिक खरिद सम्बिन्ध कार्य गर्ने ।
  • औषधि ऐन २०३५ र यस अन्तरगत बनेका नियमावलीहरुले निर्दिस्ट गरिएका कामहरु गर्ने गराउने ।
  • परिक्षणका लागि आएका नामनाहरुको व्यवस्थापन गर्ने ।
  • यस पदलाई निर्दिस्ट गरिएका अन्य कामहरु गर्ने ।