वि.सं:
नेपाल संवत: ११४५ दिल्लागा द्वादशी - २७
औषधि ऐन, २०३५ को दफा ६ बमोजिम स्थापना भएको नेपाल औषधि अनुसन्धानशाला औषधिको वैज्ञानिक अनुसन्धान, परीक्षण र विश्लेषण गर्ने नेपाल सरकारको प्रमुख अंगको रूपमा रहेको छ । हालको नेपाल औषधि अनुसन्धानशाला वि।सं। २०२१ सालमा वन तथा भू(संरक्षण मन्त्रालय, वन विभाग अन्तर्गत शाही औषधि अनुसन्धानशालाको नाममा औषधि सम्बन्धि मूल संस्थाको रूपमा स्थापित भर्इ वि।सं। २०५० मा स्वास्थ्य मन्त्रालय अन्तर्गत ल्यार्इएको र औषधि ऐन, २०३५ को तेश्रो संशोधनबाट नाम परिवर्तन गरी नेपाल औषधि अनुसन्धानशाला कायम भएको हो, जसलार्इ हाल प्रचलनमा राष्ट्रिय औषधि प्रयोगशालाको नामले चिनिन्छ ।
स्थापनाकालदेखि नै अत्यन्त न्यून र सिमित जनशक्ति तथा साधन स्रोत रहेको यस प्रयोगशालाको वर्तमान सांगठनिक संरचना ९प्राविधिकस् ३३, अप्राविधिकस् ७ जना गरी जम्मा ४० जना मात्र० अन्तर्गत रहेका परीक्षण र विश्लेषण, गुणस्तर नियन्त्रण तथा व्यवस्थापन, गुणस्तर तथा विधि पुष्टिकरण, वायोलोजिकल, मार्इक्रोबायोलोजि लगायतका शाखाहरूमार्फत राष्ट्रिय औषधि प्रयोगशालाबाट मूलभूत रूपमा निम्न बमोजिमका कार्यहरू हालसम्म गर्दै आएको छस्
औषधी व्यवस्था विभागबाट प्राप्त नमुनाहरु, निजी क्षेत्रका औषधि उद्योग, विभिन्न निकायरसंस्थाबाट प्राप्त नमुना र अन्य औषधि परीक्षण ।
निजी प्रयोगशालाको गुणस्तर जाँच गर्ने, नियमन गर्ने को अडिट (audit ),
स्वदेशमा उत्पादित, वितरित एवम् विदेशबाट आयातित हुने औषधिको गुणस्तर परीक्षण र विश्लेषण,
विश्लेषण विधि पुष्टीकरण (analytical method validation),
सरकारी निकायबाट प्राप्त खोपको प्रमाणीकरण ।
कुशल प्रयोगशाला अभ्यासहरू (Good Laboratory Practices, (GLP)) को निरीक्षणरअडिट (audit )